News Portal

माओवादी फुटको संघारमा प्रचण्डसँग रहन नसक्ने नारायणकाजीको निष्कर्ष

फरकपोस्ट संवाददाताफागुन १९ काठमाडौं
१०८८ पटक
फागुन १९ काठमाडौं

नेकपा माओवादी केन्द्र विभाजनकाे संघारमा पुगेकाे छ ।  माओवादीभित्र  पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजन निश्चितप्रायः जस्तै भएको छ ।

एमसीसी सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखे लगायतले फरक मोर्चा बनाएका हुन। उनीहरुले छुट्टै बैठक बसेर प्रचण्डले पार्टी निर्णयविरुद्ध गएर एमसीसी अनुमोदन गरेको भन्दै सँगै रहन नसकिने निष्कर्ष निकालेका छन् ।

माओवादीका श्रेष्ठनिकट एक नेताका अनुसार अब मिलेर बस्न नसकिने निष्कर्ष निकालिएको छ । प्रचण्डले पार्टी, देश र जनतालाई धोका दिएको भन्दै श्रेष्ठ समूहले नयाँ ढंगले बढ्ने निष्कर्ष समेत निकालेको छ ।

नारायणकाजी श्रेष्ठले अलग मोर्चा कस्न थालेको सूचनाका आधारमा खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले विगतमा बामदेव गौतमले महाकाली सन्धीको विरोध गरेर जाँदा सुन्यमा झरेको उदाहरण दिएका थिए । उनले नारायणकाजी श्रेष्ठको नामै तोकेर आफ्नो बाटोमा लाग्न सक्ने भनेका थिए । त्यसप्रति श्रेष्ठ समूह थप गम्भीर भएको थियो ।

एमसीसीको विपक्षमा सदनमा गिरिराजमणि पोखरेल, अञ्जना विशंखे लगायत पूर्व एकता केन्द्रबाट माओवादीमा जोडिएकाहरु देखिएका थिए ।

श्रेष्ठ मूहले एमसीसी विरोधी कम्युनिस्ट शक्तिहरुसँग छलफललाई तिव्रता दिन थालेकाे छ । श्रेष्ठले हिजाेमात्रै एमसीसी विराेधि सडक संघर्ष गरिरहेका नेकपा महासचिव विप्लवलाई भेटिसकेका छन् ।

प्रतिकृया दिनुहोस्