
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा एमसीसी कार्यन्वयन गर्छु भन्नू आगाेकाे लप्कासंग खेल्नु सरह भएकाे चेतावनी दिएका छन । राष्ट्रघाती एमसीसी सम्झाैता पारितका विरुद्ध ६ राजनीतिक दल र २ माेर्चाले आयाेजना गरेकाे संयुक्त विराेध सभालाई सम्मबाेधन गर्दै महासचिव विप्लवले यदि काेही कसैले सजिलै एमसीसी कार्यान्वयन गरेर देखाउन चुनाैती समेत दिएका छन । कम्युनिष्ट भनिने केही राष्ट्रघाती पार्टी र नेताका कारण नेपाल एमसीसीकाे दुर्दशा भाेग्ने दिशातिर जान लाएकाे भन्दै सम्पूर्ण राष्ट्रवादीहरुले यसलाई खारेज गर्नकाे निम्ति संगठित हुन अपिल समेत गरे ।
दलालहरुले अमेरिकी साम्राज्यवादका अगाडी नाक रगटेर नेपाली जनता र राष्ट्रकाे विरुद्धमा राष्ट्रघाती एमसीसी सम्झाैतामा लादेपनि वा सदले पारित गरेपनि नेपाली जनताले गरेकाे बताए ।
विप्लवले जनयुद्ध लडेका प्रचण्ड बाबुरामले अमेरिका सामु पैसा र जीवनकाे भिक मागेर नेपाली स्वाधिनता बेचेकाे आराेप लगाए । एमसिसी भन्दा बढी अर्थात ७२ अर्व एनसेलकाे कर ठगि र नेपालका नामुद दलालले राज्यलाई नतिरेकाे ६५ अर्व कर उठाउदा एमसिसीले दिएको भन्दा बढी र उन्नत विकास हाम्रै देशकाे करबाट उठेकाे पैसाले हामीले आफैंले गर्न सक्छाै विप्लवले तर्क गरे ।
एमसिसी मार्फत रणनीतिक लक्ष्य सहित भुमण्डलिकृत साम्राज्यवादले नेपाली जनताकाे अधिकार खाेस्ने र नेपाललाई भु राजनीतिककाे भुमरीमा पारेर अमेरिकी सैन्य अखडा बनाउने याेजना अर्थात् नेपाललाई नयाँ ढंगबाट उपनिवेश बनाउन चाहान्छ” यसकारण पनि एमसीसी जनताले खारेज गर्ने बताए ।