News Portal

कंगोमा मृत्यु भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ रहेको पुष्टि

फरकपोस्ट संवाददाताचैत २२ काठमाण्डाैं
४६९ पटक
चैत २२ काठमाण्डाैं

अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टि गरेको छ । उनी नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा त्यहाँ गएका थिए ।

मृत्यु हुने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाले पुष्टि गरेको छ । उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक चलाएको गोली लागेर गुरुङ घाइते भएका थिए । घाइते नेपाली शान्ति सैनिकलाई हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

‘शान्ति स्थापना जस्तो महान एवं पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट उहाँको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्नु भएको छ,’ सेनाले विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्