News Portal

रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न

फरकपोस्ट संवाददाताबैशाख ३ काठमाडौं
११२७ पटक
बैशाख ३ काठमाडौं

रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न भएको छ।  सुनछहरीको गेमी होमेस्टे र थबाङी मगर सामुदायिक होमेस्टेको आयोजनामा गुराँस मेला सम्पन्न भएको हो।

मेलामा जलजलासँग जलजला, गीतहरुमा जलजला, गुराँससँग कविता, साँझमा अन्ताक्षरी लगायतका सांगीतिक कार्यक्रम थिए । जलजलालाई नेपाल सरकारले एक सय पर्यटन गन्तव्यको सूचीमा समावेश गरेको छ ।

जलजलासँग जलजला सेसनमा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धन बहादुर पुनमगर (कृतिमान) नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका निवर्तमान अध्यक्ष मौसम रोकामगर र परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढामगरले बहस गरेका थिए। नवीन अभिलाषीले कार्यक्रममा सहजीकरण गरेका थिए ।

गीतहरुमा जलजला गीति प्रस्तुति कार्यक्रममा जनवादी गायक मोहित श्रेष्ठ र गायिका पवि पुनमगरले जलजलाको सेरेफेरोमा रहेका गीतको प्रस्तुति दिए। कवि विष्णु सन्यासले यो सेसनको सहजीकरण गरेका थिए । नेपाल समय 

प्रतिकृया दिनुहोस्