एजेन्सी बैशाख ६ काठमाडौं

भारतमा नेपाली छोरा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नयाँ सेना प्रमुख नियुक्त भएका छन् ।
अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि भारत सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका पाण्डे भारतीय सेनाको २९ औं सेना प्रमुख बन्ने भएका हुन् ।
भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ ।