News Portal

माओवादीले लोक गायक विष्णु खत्रीलाई गलकोटको मेयर उम्मेद्‍वारमा सिफारिस गर्याे

फरकपोस्ट संवाददाताबैशाख ९ काठमाण्डाैं
१८५५ पटक
बैशाख ९ काठमाण्डाैं

लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले सिफारिस गरेको छ ।

माओवादी गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।

मेयरमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस गरेको छ ।

उपमयेरको उम्मेदवारको रुपमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरेको गलकोट नगर कमिटी अध्यक्ष फमलाल न्यूरेले जानकारी दिए ।

अब्ल गायक एवं सर्जकका माध्यमबाट नेपाली लाेकदाेहाेरी गीत संगीतप्रेमी दर्शक श्राेता माझ प्रिय रहेका गायक खत्रीका थुप्रै लाेकप्रिय चर्चित एवम् उत्कृष्ट गीतहरुमा सृजना तथा आवाज रहेकाे छ । माैलिकता र सन्देशलाई गीत संगीत सृजना र गायनकाे माध्यमबाट उजागर गर्ने गायक खत्रीले सृजना गरेका गीतहरु लाहुरेकाे पिडामा गाइएकाा गीत जम्मु कस्मिरमा, लाहुरे दाई, सुनकाे जलप, दशै तिहार आउदा, वेपत्ता याेद्धाहरु प्रति समर्पित रहेकाे गीत कि ‘सास चाहियाे कि लास चाहियाे’ किसान र भरियाका गीत भरिया दाइले, किसानी दाइकाे लगायत सयाैं गीतहरु रहेका छन ।

प्रतिकृया दिनुहोस्