News Portal

चुनाव प्रचारमा हिडेका व्यक्तिकाे भीरबाट लडेर मृत्यु

फरकपोस्ट संवाददाताबैशाख १९ प्य्ठान
६०७ पटक
बैशाख १९ प्य्ठान

प्यूठान जिल्ला नौवहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर आइतबार राती एकजनाको मृत्यु भएको छ । चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

थापाको शव पोष्टमार्टमका लागि प्यूठान अस्पताल लगिएको नौवहिनी गाउँपालिका अध्यक्षका उमेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् । स्थानीय तह निर्वाचनमा नौवहिनीमा माओवादी र कांग्रेसको चुनावी गठबन्धन रहेकाे  छ ।

प्रतिकृया दिनुहोस्