News Portal

प्यूठान : सरुमारानी ६ मा एमालेको प्यानलै विजयी

फरकपोस्ट संवाददाताबैशाख ३१ प्यूठान
११४९ पटक
बैशाख ३१ प्यूठान

प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगर अध्यक्षमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका छन् । उनीहरुबीच मतान्तर २ सय ५२ भएको छ । सदस्यमा यनुका बिक, यनुका राहुँ, नम बहादुर उलुङे र खड्क बहादुर महरा विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्