News Portal

रुपन्देहीको रोहिणी नदीमा बस खस्दा, ९  जनाको मृत्युु

फरकपोस्ट संवाददाताजेठ २१ रुपन्देही
५८७ पटक
जेठ २१ रुपन्देही

रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटनामा परेको रुपन्देही प्रहरीले बताएको छ ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको  रोहिणी  गाउँपालिका-४ र  ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्