
‘लेखिनेछ एउटा कथा हाम्राे पिरतीकाे’ गीतकार प्रभा बर्ताैलाले निकै मर्मस्पर्शी शब्दले गीतकाे स्थायी रचेकी छन । मर्मस्पर्शी शब्दमा कारुणीक संगीत भरेर गीतलाई च्वाँस मुटु छुने बनाएका छन संगीतकार एवं गायक थानेश्वर गौतमले, गीतमा थानेश्वर गाैतम र शान्ति श्री परियारले उस्तै मार्मिक आवाज दिएका छन् । डेढ वर्षअघि सार्वजनिक हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ को रुपमा सांगीतिक प्रेमकथा आधारित गीत ‘एउटा कथा’ सार्वजनिक गरिएको हो ।
गीतकाे संगीत संयाेजन कमल सौरागले गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले त्यसैगरी रेकर्डिङ गाेविन्द अनेक र कमल थापाले गरेका हुन् । रामजी लामिछानेको निर्देशनमा तयार भिडियोमा अभिनेता पुष्प खड्का, अभिनेत्री रुबिना थापा र मोडल सुधिर श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।
मानकृष्ण महर्जनको छायाँकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । हामीले समाचार तयार पार्दासम्म गीत युटुबमा दुई लाख भन्दा बढी पटक हेरिएकाे छ । गीत अझै सफल बनाेस् हाम्राे तर्फबाट शुभकामना ।
भिडियाे :