फरकपोस्ट संवाददातासाउन ७ काठमाण्डाैं

लोकप्रिय गायिका मन्जु पौडेलले आफ्नी स्वर्गीय आमाको सम्झनामा यस वर्षकाे नयाँ तीज गीत ‘बाबाको आँगनी’ लिएर आएकी छिन् ।
गीतमा पुरानाे माैलिक ठेट भाकालाई प्रयोग गरिएको छ । शिव हमालले यस गीतकाे शब्द लेखेका हुन् भने गीतलाई मन्जुले गाएकी छन । स्वर्गिय आमाकाे सम्झनामा आफूले यस गीत गाएकाे गायिका पाैडेलले बताइन् ।
सुदिप सागरकाे संगीत संयाेजन तथा श्यामश्वेत रसाइलीकाे मिक्सिङ्गमा तयार पारिएकाे यस गीतकाे रेकर्डङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।
भिडियोमा गायिका स्वयम् मन्जु पौडेल र सञ्चारकर्मी अनुषा पौडेलको नृत्य तथा अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
गीत हेराैं