फरकपोस्ट संवाददातासाउन ७ काठमाडौं

लोकप्रिय गायक तथा सर्जक पुस्कल शर्माले नयाँ गीत ‘श्रीमान श्रीमती’ ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कल शर्मालाई लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा साथ दिएकी छन् । गीतको शब्द संगीत सृजना पुस्कले नै सृजना गरेका हुन ।
गीतको म्युजिक एरेन्ज बिनोद बाजुरालीले गरेका छन् भने मिक्सिङ खड्ग बाजुरालीले गरेका हुन् ।
गीत कथानाक भएकाले अडियो र भिडियो दुबै पक्ष मार्मिक बनेको छ । कथा एवं निर्देशनमा पनि पुस्कल आफ्नै भूमिका रहेको छ । भिडियोमा पुस्कल आफ्नै श्रीमती सवि शर्मासँग स्क्रिन शेयर गरेका छन। भने साथमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ ।
सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन । गीतले सबैको मन जितोस् शुभकामना ।
भिडियो: