News Portal

बाबुरामको नयाँ पार्टीको नाम नेपाल समाजवादी

फरकपोस्ट संवाददाता
४१७ पटक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम नेपाल समाजवादी पार्टी र चुनाव चिन्ह आँखा राख्ने टुंगो लगाएको भट्टराई निकट एक नेताले बताए ।

यो चुनाव चिह्न पहिले भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको रहेको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

२ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

त्यसअनुसार आइतबार विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कार्यसमिति परिर्वतन हुन्छ । एक नेता भन्छन्, ‘त्यसपछि बल्ल डा. बाबुरामको हातमा पार्टी आइपुग्छ ।’

प्रतिकृया दिनुहोस्