News Portal

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझण्डा देखाउने ८ जना पक्राउ

फरकपोस्ट संवाददातासाउन १२ काठमाण्डाैं
९४६ पटक
साउन १२ काठमाण्डाैं

मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझण्डा देखाइएको छ । उनलाई विमानस्थलबाट होटलतर्फ जाने क्रममा पशुपति नजिकैको गौशालामा कालो झण्डा देखाइएको हो । अमेरिकी टोलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले एक जना महिला र आठ जना पुरुषलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चार जनालाई पशुपति भिजन नजिकैबाट समातेको थियो । उनीहरु सबैलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । पक्राउ पर्नेमा कैलालीकी ३१ वर्षीया तारा सन्थ्याल, जुम्लाका २५ वर्षे रमेश राउत, सुनसरीका ३२ वर्षे मनोज राई र खोटाङका ३१ वर्षे कैलाश राई छन् ।

त्यसैगरी प्रहरीले दाङका ३४ वर्षे प्रकाश शाही, कालिकोटका २७ वर्षे ललितजंग बम, कालिकोटकै २४ वर्षे अशोक महतारा, कैलालीका ३१ वर्षे ललित बिक र नेपालगञ्जका २६ वर्षे प्रेम सिजापतिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुले एमसीसी बहिष्कार लेखिएको कार्ड देखाएका थिए । सहायक मन्त्री लुको तीन सदस्यीय टोली आज दिउँसो साढे ४ बजे नयाँ दिल्लीबाट भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५५ बाट आएको हो । टोलीमा युएसए आईडीकी उपसहायक प्रशासक सुखमित अञ्जली कौर र दक्षिण एसिया तथा मध्य एसिया हेर्न उपनिर्देशक स्कट उर्बोम् छन ।

प्रतिकृया दिनुहोस्