News Portal

प्यूठान स्वर्गद्वारीमा वडाध्यक्ष पदका उम्मेदवारलाई जबर्जस्ती करणीको आरोप

झईन्द्र भण्डारी साउन १४ काठमाडौं
१६०९ पटक
साउन १४ काठमाडौं

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ खोलाखर्क प्यूठानका ५८ वर्षीय रविलाल खनालमाथी स्थानीय महिलालाई जबर्जस्ती करणीको आरोप सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ डाडाखर्क निवासी करिब ४६ वर्षीय स्थानीय महिला भिमकला घर्ती (नाम परिवर्तन )ले घरमा आएर जबर्जस्ती करणी गरेको भनेर जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिन गएको बताईएको छ ।

पारिवारिक व्यवहार सम्बन्धि रबिलाल खनाल भिमकलाको घरमा गएको र दुबैले सङ्गै बसेर मध्यपान समेत गरेको पारिवारिक स्रोतले बताएको छ । कुरा बुझ्दा पीडित भनिएकी महिला घरमा मध्यपान गरेर बसेको र रबिलाल पनि त्यहाँ जादा मध्यपान गरेका थिए । त्यहाँ पुगेपछि पनि दुबैले सङ्गै बसेर मध्यपान गरेको बुझिएको पारिवारिक स्रोतले बताएको छ ।

घटना घटेपछि गाउँमा छलफल भएको तर कुरा नमिलेपछि पीडित पक्ष इलाका प्रहरी कार्यालय भिङ्ग्री हुँदै जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन । वास्तविकता के कति हो बिस्तृत आउन बाकी छ । वास्तविकता बुझ्न खोज्दा रबिलालसङ्ग सम्पर्क हुन नसकेको र परिवारले साउन १३ गते बिहान देखी सम्पर्क बिहिन भएको बताएको छ ।

नगरप्रमुख टेक प्रसाद भण्डारीले आफूले पनि यो घटना सम्बन्धि केही कुरा सुनेको तर वास्तविकता केहो त्यो बुझ्न नसकेको बताउनुभएको छ । पीडित पक्ष इलाका प्रहरी कार्यालयमा आएको अनौपचारिक जानकारी पाएर यथार्थ बुझ्न खोज्दा पीडित पक्षहरू यहाँ कुरा मिलाउन हामी चाहादैनौ भनेर सिधै जिल्लामा जान्छौं भनी हिडेको भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीले पिडितले जहाँ गए पनि अन्याय र हिंसा भएको भए न्याय पाउनु पर्छ । यदी यो कुरा सत्य हो भने दोषीलाई कानुनी बमोजिम कारबाही हुनुपर्छ । यस्ता घटनालाई कुनै राजिनितीसङ्ग नजोड्न भण्डारीले सबैलाई आग्रह गर्नु भएको छ ।

आरोपित खनाल स्थानीय तहको निर्वाचन २०७९ मा गठबन्धन को तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार बनेका थिए । स्थानीय तहको निर्वाचनमा स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेस , नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए । आरोपित रबिलाल खनाल स्थानीय निर्वाचनको समयमा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेर नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।

प्रतिकृया दिनुहोस्