News Portal

खोटाङको हलेसी केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पको धक्का, थप विवरण आउन बाकी

फरकपोस्ट संवाददातासाउन १५ काठमाडौं
४४६ पटक
साउन १५ काठमाडौं

खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रबिन्दु खोटाङ भएता पनि भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत परेको थियो ।

६ म्याग्नेच्युडको भूकम्प गएका कारण स्थानीयहरु घरबाहिर निस्किएका थिए भने क्षतिको विवरण आइसकेको छैन ।

प्रतिकृया दिनुहोस्