
राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि देश दौडाहा अभियानमा व्यस्त रहेका पार्टी संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिछानेलेे यस्तो ठोकुवा गरेका हुन् ।
सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले अब आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने उनको दाबी छ । आफू जहाँ रहन्छु त्यहा भएका अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु,’ उनले भने । आफूबाट देशलाई बिगार्ने काम नहुने प्रतिबद्धता समेत जनाए । लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था र जीवनस्तरमा आमूल परिवर्तन गर्ने बताए ।
त्यस्तै उनले सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउन समेत बताए । अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि नबोलेको दुख लागेको भन्दै अब आफुले त्यस तर्फ ध्यान दिने बताए ।