News Portal

बसन्त थापा र नवराज पन्तकाे ‘ढल ढल ढल्किने बैंस’ सार्वजनिक

गाेविन्द अनेक साउन १७ काठमाण्डाैं
९३९ पटक
साउन १७ काठमाण्डाैं

लाेक दाेहाेरी सृजनामा जमेका सर्जक द्वय बसन्त थापा र नवराज पन्तकाे फेरि अर्काे उत्कृष्ट  सहकार्य रहेकाे  तीज विशेष गीत ‘ढल ढल‘ सार्वजनिक भएकाे छ । गीतमा बसन्त थापा र निरुषा भट्टराई पाण्डेकाे सुमधुरआवाज रहेकाे छ । नवराज पन्तकाे उत्कृष्ट्र शब्द बसन्त थापाकाे मीठाे संगीतमा तयार पारिएकाे यस गीतकाे एरेन्ज मिक्सिङ्ग श्यामश्‍वेत रसाइलीले गरेका छन भने रेकर्ड प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

गीतमा गीतकारले माैलिकताकाे बीचबाट अलि फरक स्वादलाई उठाउन खाेजेकाे देखिन्छ शब्द सुन्दा सबैमा माैलिकता भेटिन्छ तर त्यसलाई गीतकारले अलिक नयाँ ढंगले प्रस्तुत गरेका छन ।  ‘ढल ढल ढल्किने बैंस, बैंस पनि ओइलीने फूल रैछ’ शब्दले सरलता र माैलिकतालाई शुरु देखि अन्त्यसम्म बाँधेकाे छ । संगीतकारले माैलिकता र सरलाकाे बिचबाट बनेकाे शब्दमा माैलिकताकाे रसलाई घुलाउदैँ फरक शैलीकाे गीतकाे रुपमा स्थापित गराउन चाहेकाे देखिन्छ सुनिन्छ । गीतमा प्रयाेग भएका एरेन्जमेन्ट र बाजागाजा सुन्दा निकै फरक लाग्छ चलनचल्तीकाे भन्दा हरेक हिसाबले गीतलाई फरक बनाउन खाजेकाे  आकलन गर्न सकिन्छ ।

म्युजिक भिडियाेकाे निर्देशन चर्चित निर्देशक माेडल शंकर बिसीले गरेका छन । बिसीले पनि अडियाेले मागेकाे दृश्यलाई नितान्त फरक तरिकाले देखाएका छन । करण चैसिएरकाे छायांकन विकास ज्ञवालीकाे सम्पादन रहेकाे म्युजिक भिडियाेमा माेडल गीता ढुंगाना गायक संगीतकार बसन्ता थापा र गायिका निरुषा भट्टराईकाे अभिनय संगै नृत्य रहेकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे पनि शुभकामना ।

प्रतिकृया दिनुहोस्