फरकपोस्ट संवाददातासाउन १८ काठमाण्डाैं

लाेकप्रिय गायक अर्जुन सापकोटा र अन्जु पोख्रेलको आवाजमा “नाचम नाचम ओइ” नामक तीज गीत सार्वजनिक भएकाे छ । गीतमा सर्जक कृष्ण बस्यालकाे शब्द रचना रहेको छ भने गायक अर्जुनले नै भाका बनाएका छन। विश्वास नेपालकाे संगीत संयाेजन, कुमार रानाकाे मिक्सिङ्ग मास्टरिङ रहेकाे यस गीतकाे रेकर्डिङ मारुनी स्टुडियाेमा गरिएकाे हाे ।
म्यूजिक भिडियाेमा अर्जुन सापकोटा करिश्मा ढकाल सरद एलजी लगायतका कलाकारकाे अभिनय एवं नृत्य रहेको छ । अमर सुनारकाे निर्देशन, प्रकाश खड्काको छायांकन रहेको म्युजिक भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन विश्वकर्माले कलर गरेका हुन् । गीतलाई सफलताकाे शुभकामना ।
भिडियाे :