
नेपाल र नेपालीकाे शान, कला संस्कृती हाम्राे पहिचान भन्ने भनाइलाई आत्मसात गर्दै काठमाडौं मित्रनगरमा भर्खरै संचालनमा आएको सप्तरङ्गी राेधी घरले नेपाली लोक गीत संगीतको माध्यमबाट विभिन्न विधामा याेगदान पुर्याउने अग्रज कलाकारहरुलाई सम्मान गरेको छ ।
एक विशेष कार्यक्रमका बीच रोधी घर परिवारले सम्मान गरेको हो । सम्मानित हुने कलाकारहरुमा बरिष्ठ गायक खड्ग गर्बुजा, जनवादी गायक जीवन शर्मा, देउडा गायक नन्द किशाेर जाेशी, पूर्वेली लोक गायक तुलसी पराजुली, वरिष्ठ संगीतकार एरेन्जर बिबि अनुरागी, त्यसैगरी बाध्यवादक तर्फबाट सम्मानित हुनेमा वरिष्ठ मादल बादक खर्क ब. बुढा मगर, वरिष्ठ बाँसुरी वादक गोपाल देव घतानी, वरिष्ठ सारङ्गी वादक धर्म गन्धर्व, समाजसेवी जुनु पुन मगर लगायतका करिब एक दर्जन कलाकारहरुलाई खादा फूलमाला र दाेसल्ला ओढाएर विशेष सम्मान पत्र सहित सम्मान गरिएको थियोे ।
सम्मान कार्यक्रममा सम्मान थाप्न पुगेका गायक खड्क गर्वुजा जीवन शर्मा, बिबि अनुरागी खड्क बुढा, गोपाल देव घतानी, धर्म गन्धर्व लगायतका कलाकारले सांगीतिक प्रस्तुति मार्फत भव्य मनोरञ्जन प्रदान गरेका थिए ।

वरिष्ठ गायक एव सर्जक खड्ग गर्वुजा

वरिष्ठ संगीतकार/एरेन्जर बिबि अनुरागी

वरिष्ठ देउडा गायक नन्दकिशाेर जाेशी

वरिष्ठ जनवादी गायक/सर्जक जीवन शर्मा

वरिष्ठ गायक/सर्जक तुल्सी पराजुली

वरिष्ठ बाँसुरी वादक गाेपाल देव घतानी

वरिष्ठ सारङ्गी वादक धर्म गन्धर्व