
माध्यमिक शिक्षा परीक्षा एसईईमा प्यूठानको भिंगृ जलुकेमा अबस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र विकास रिजाल प्यूठानमा जिल्ला दोस्रो भएका छन् ।
एसईई २०७८ मा सहभागी भएका विद्यार्थी छात्र रिजालले ३ंं.९० जिपिए लिएर जिल्लामा दोस्रो भएका छन् । निकै लगनशील, परिश्रमी, तथा मेहेनति रिजाल पढाईमा अब्बल बिधार्थी हुन् । बुबा गन बहादुर रिजाल र आमा सत्यदेवी रिजालको कोखबाट बि.स. २०६२ मङ्सिर १४ गते जन्मिएका रिजाल घरका कान्छो छोरा हुन् । बुबा पेशाले जनजागृति मा.वि.कसेरी, प्यूठानमा शिक्षक रहेका छन भने उनका आमा घरायसी काम गर्छिन् ।
नर्सरी कक्षादेखि देखि नै लोक चेतना एकेडेमीको पढ्दै आएका रिजाल नर्सरी, एल.के.जी. र कक्षा–८ बाहेक अन्य सबै कक्षाहरुमा प्रथम भएका छन् । किशोराबस्थामा पाईला टेकेतापनि चल्ने, जिस्कने र उत्पट्याङ् नगर्ने, अनुशासित र निकै गम्भीर स्वाभाव भएका रिजाल विद्यालयका गहना हुन् भनेर बिद्यालयका प्रिन्सिपल मधसुदन अधिकारी बताउनुहुन्छ ।
शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा प्यूठानवाट ४ हजार २ सय ६ विद्यार्थी सहभागी भएका थिए । जिल्लाभर १३ जनाले ए प्लस, ६८ जनाले ए, १ सय १५ जनाले बी प्लस, ६ सय १७ जनाले बी, १ हजार ६ सय ६१ जनाले सी प्लस, १ हजार ३ सय ०३ जनाले सी, १ सय ९ जनाले डी ग्रेड ल्याएका छन् । १ सय ५० जना विद्यार्थी विविध कारणले परीक्षामा सामेल भएका थिएनन् । त्यसैगरी कालिका आवासीयकी छात्रा मनसुन पाण्डेय जिपिय ४.० लिएर जिल्ला प्रथम भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका शिव पण्डितले जानकारी दिनुभएको छ ।
हुने बिरुवाको चिल्लो पात भनेझै विकास रिजाल पढाईमा मात्र नभएर विभिन्न्न खेलकुद, अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सक्रिय छन, जेहेन्दार र मेहेनती विद्यार्थीको रुपमा आफूले बुझेको कुरा त्यसै विद्यालयमा अध्यापनरत सामाजिक बिषयका शिक्षक सरद बिष्टले बताउनु भयो । विकास रिजालले ७७ वटाको जिल्ला १७ सेकेण्डमा नहेरी खर्रर भन्न सक्छन् । अक्षर राम्रा र सफा लेख्न सक्ने रिजालको अद्भुत कला हो ।
भबिष्यमा राम्रो डाक्टर बन्ने सपना बोकेका विकास रिजाल हाल काठमाण्डौमा नाम चलेका चर्चित कलेजहरुमा ११ कक्षाको इन्टास परीक्षामा जुटेका छन् । रिजालले दिएका परीक्षाहरुमा सेन्ट जेभिएरस, प्रसादी, के.एम.सी.बागबजार, हिमालयन हवाईट हाउस, टाईम्स कलेज, लिभरपुल लगाएत दर्जनौ कलेजहरुमा नाम निकालेका छन् । कुन कलेजमा पढ्ने भन्नेवारे अहिलेसम्म निधो नभइसकेको उनका अभिभाकले बताएका छन् । पलस टु सकेर भबिष्यमा राम्रो डाक्टर बनी राष्ट्रको लागि योगदान दिने विकासले ठुलो सपना बोकेका छन् ।