News Portal

किरण र कञ्‍चनले पार्टी एकता गर्न गरे यस्ताे सहमती

फरकपोस्ट संवाददातासाउन २० काठमाण्डाैं
५५९ पटक
साउन २० काठमाण्डाैं

माेहन बैद्य किरण नेतृत्वकाे (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकतालाई अगाडि बढाउने   निर्णय गरेका छन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  एकता प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समितिसमेत समेत गठन गरेका छन  ।

नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले संयुक्त प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत पार्टी एकता प्रक्रियामा सामेल हुन हार्दिक आह्वान् गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुवै नेतृत्व सहित वार्ता टोलीहरूका बीच संयुक्त बैठक बस्यो । ब्यापक छलफल पछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।’

आधारभूत कुराहरूमा मिल्दै गएको स्रोतले जनाएको छ । वार्ता टोलीको १९ गतेको बैठकमा दुई पार्टीका प्रमुखहरूसहितको छलफलबाट पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरिएको थियो । साथै बाहिर छरिएर रहेका क्रान्तिकारी पार्टी, सङ्गठन/मोर्चा र व्यक्तिहरूलाई पनि यो एकता अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

नेपालमा रहेका विभिन्न नामका कम्युनिस्ट पार्टीहरूको ठूलो हिस्सा संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकाले जनतामा उत्पन्न भएको निरासा अविश्वासलाई यी क्रान्तिकारी पार्टीहरूबीचको एकता हुने सन्देशले विश्वास र आशा जगाइदिने अपेक्षा राखिएको छ ।

प्रतिकृया दिनुहोस्