News Portal

रवि लामिछानेको पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

फरकपोस्ट संवाददाताभदौ १ काठमाडौं
३९२ पटक
भदौ १ काठमाडौं

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ ।

पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचना प्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको बताएका हुन् ।

आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने पनि लामिछानेले बताएका छन् ।

प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उनको दाबी रहेको छ ।

आफूहरुले प्रदेशसभा चुनावमा भाग नलिने जानकारी निर्वाचन आयोगलाई गराईसकेको पनि लामिछानेले बताएका छन् ।

प्रतिकृया दिनुहोस्