News Portal

चलचित्र ‘जुना’ काे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रथम पटक अवलाेकन

फरकपोस्ट संवाददाताभदाै ५ काठमाण्डाैं
१०५३ पटक
भदाै ५ काठमाण्डाैं

जीवन सेञ्चुरी निर्देशित चलचित्र ‘जुना’ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रथम पटक अवलोकन गरिएको छ । चलचित्रलाई उपराष्ट्रपति नन्द बहादुर पुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मा. उमा रेग्मी , शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मा. देवेन्द्र पौडेल, पूर्व मुख्य मन्त्री मा. शेरधन राई, पूर्व अर्थ मन्त्री शंकर प्रसाद कोईराला, पुर्व खेलकुद मन्त्री दलजीत श्रीपाईली, राष्ट्रिय सभा र प्रतिनिधी सभाका सांसदहरु, चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष दयाराम दाहाल, महिला आयोग, मधेशी आयोग, समाजसेवी पासाङ्ग दोर्ची शेर्पा, पुर्व राजदुत पदम सुन्दास, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, सहसचिव शिव भट्टराई, प्रेस सचिव सोम राई, लेखक, कलाकार, पत्रकार, साहित्यकार, समालोजक, बुद्धिजीवि लगायतका विशिष्ट व्यक्तिहरुले राष्ट्रपति कार्यालय शितल निवासमा चलचित्रको अवलोकन गरेका थिए ।

चलचित्र अवलोकनपछि प्रतिक्रया दिदै अवलोकनमा उपस्थित व्यक्तिहरुले चलचित्र जुना नेपाली समाजको वास्तविक जीवन, चरित्र र कथावस्तु सँग जोडिएको र यस चलचित्रले महिला हिंसा न्यूनिकरण, बाल विवाह निरुत्साहित, अनमेल तथा बहुविवाहको विरुद्धको सन्देश बोकेको र नेपाली समाज रुपान्तरणको लागि ऐतिहासिक कोशेढुंगा सावित हुने बताएका छन् । यस चलचित्रलाई हाल विभिन्न संघ संस्था तथा निकायको आयोजनामा देशका विभिन्न क्षेत्रहरु विशेष प्रर्दशनीको रुपमा लगिने चलचित्रका निर्माता दिपक घिमिरेले बताए ।

हामी संग कुरा गर्दै चलचित्र समाजको दर्पण भएकाले नेपाली समाजको ऐतिहासिक विशिष्टता, कला, संस्कृतिको जगेर्ना गर्न र विश्‍व बजारमा नेपाली परम्परा, संस्कृति र पर्यटन पर्वद्धनमा सहयोग पुर्याउन चलचित्र ‘जुना’ ले महत्वपूर्ण भूमिका खेल्ने निर्देशक जीवन सेञ्चुरीले बताए ।

यसैवीच मधेसी आयोगको आयोजनामा पनि चलचित्र ‘जुना’ को अवलोकन गरिएको छ । अवलोकन पछि आयोगका अध्यक्ष मा.डा. विजय कुमार दत्तले यस चलचित्रले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गरेको र विशेष गरी तराईका जिल्लाहरुमा बाल विवाह व्याप्त रुपमा हुने हुदा लक्षित समूदाय र तहसम्म यस चलचित्रलाई पुर्याउनुपर्ने अति आवश्यकता रहेको बताउदै आयोगले चेतनामूलक यस चलचित्रको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । सोही कार्यक्रममा मधेसी आयोगका मा. सदस्य रेणु देवी शाह, मा. जिवछ शाह, दलित आयोगका मा. सदस्य दुर्गा देवी शोव, सामूदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष विष्णु अवस्थीले समेत चलचित्र बाल विवाह निरुत्साहित गर्न, बलात्कार, जर्वजस्ती करणी, छाउपडी प्रथा अन्त्यका लागि सहयोगी सिद्ध हुने बताए ।

भिडियाे  

प्रतिकृया दिनुहोस्