
नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ मा माैलिक तीज गीत ‘छुनुमुनु गर्दै’ ले दुई विधामा अवार्ड प्राप्त गरेकाे छ । उत्कृष्ट माैलिक तीज गीत संगीतकारमा संगीतकार एवं संगीत संयाेजक राकेश साेनी र उत्कृष्ट मौलिक तीजगीत गायिकामा गायिका विन्दु विसीले एकसाथ अवार्ड थाप्न सफल भएका हुन् ।
नेपाली गीत संगीतमा विगत लामाे समयदेखि संगीत र संगीत संयाेजनकाे माध्यमबाट उत्कृष्ट योगदान दिन सफल साेनीले यसभन्दा अगाडी पनि विभिन्न चर्चित अवार्डहरु हात पारिसकेका छन् । गायिका विन्दु विसी नवाेदित गायिका हुन् उनी पनि विगत केही वर्ष यता नेपाली गीत संगीतमा निरन्तर रुपमा सक्रिय हुदै आइरहेकी छिन् ।
छायाँछवि क्रियसनले हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजको पुर्व सन्ध्यामा कला क्षेत्रमा लागेका अग्रजलाई सम्मान र नयाँलाई प्राेत्साहन गर्ने उदेश्यले विगत नौं वर्ष देखि निरन्तर रुपमा छायाँछवि तीज म्युजिक अवार्डको आयोजना हुँदै आईरकेको छ ।
कलाकारिताका माध्यमबाट हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्न र नेपाली माैलिक संस्कृतिमा विशेष याेगदान दिने हेतुले छाँयाछवि तीज म्युजिक अवार्ड हरेक वर्ष आयाेजना हुदै आइरहेकाे अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी, संचारकर्मी संगीतकर्मी लगायत कला र साहित्य क्षेत्र संग सम्बन्धित व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।