News Portal

विरही कार्कीकाे नयाँ गीत मायाको ढोका खोलिदेउ’ (भिडियो)

फरकपोस्ट संवाददाताभदाै १७ काठमाण्डाैं
६६८ पटक
भदाै १७ काठमाण्डाैं

लोक गायक विरही कार्कीको नयाँ गीत ‘मायाको ढोका खालिदेउ’ को एक कार्यक्रमका बीच शुक्रवबार लोर्कापण गरिएको छ ।
गीतमा शब्द/संगीत स्वर विरही कार्कीले नै सृजना गरेका छन् भने महिला आवाजमा कार्कीलाई अञ्जु पन्तले साथ दिएकी छिन । श्यामश्‍वेत रसाइलीले  संगीत संयाेजन तथा ध्वनी सम्पादन गरेकाे यस गीतकाे रेकर्डिङ गाेविन्द अनेक र किरण विश्‍वकर्माले गरेका हुन् ।

गीत प्रेमिल शब्दले भरिपूर्ण रहेकाे छ । म्युजिक भिडियाेकाे निर्देशन शंकर बिसीले गरेका छन् । भिडियोमा नायिका शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ काे निकै नै उत्कृष्ट नृत्य रहेकाे छ । भिडियाेलाई करण चैसिरले खिचेका हुन भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन् ।

विगत केही वर्षदेखि अमेरिकामा स्थायी रुपमा बस्दै आएका कार्की  नेपाल आएका बेला उनले नयाँ गीत रेकर्ड गरेर सार्वजनिक गरेका हुन् ।

नेपाली लाेक गीत संगीतमा  गायक एवं सर्जक कार्कीले बलियाे पहिचान स्थापित गरिसकेका छन् । विशेषत: लाेक गीत त्यसमा पनि मन रुवाउने खालका गीत जाे मानव जीवनका वास्तविकता र भाेगाई संग जाेडिएका हुन्छन् त्यस्ता गीतहरु गाउने कार्कीले  यसपापालि मुसुक्क हासिदेउ मीठाे बाेलिदेउ भन्ने रमाइलाे गीत सृजना गरेका छन् । लाेक गीत संगीतका प्राय बनिसकेका कार्की कर्म गर्ने परदेशी भूमिमा पुगेपनि नेपाली गीत संगीतकाे माया भने हिजाे नेपाल हुदा जत्तिकै भएकाे बताए ।

म्यूजिक खबरका अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा भएको लोर्कापण कार्यक्रममा प्रमुख अतिथि लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी रहनु भएकाे थियाे । कार्यक्रममा बाेल्दै गायक रायमाझीले परदेशमा रहेका नेपालीको रेमिट्यान्सले अर्थतन्त्र धानिएजस्तै विदेशमा बस्ने कलाकारको लगानीले नेपाली संगीत धानिएको बताए । उनले गायक कार्कीलाई शुभकामना दिदै भने, ‘यस्तै सुमधुर सृजना निरन्तर सुन्न पाइयोस् ।’

कार्यक्रमै बाेल्दै गीतकार डा. राजुबाबु श्रेष्ठ लोक गीतलाई संगीतको राजा संज्ञा दिदै लोक लयले मात्रै मनमनलाई जोड्न सक्ने बताए । पराेपकारी पत्रकारिताकाे अभ्यास गरिरहेका अभियान्ता तथा पत्रकार कृष्ण कँडेलले परदेशमा बस्ने कलाकारको योगदानको प्रशंसा गर्दै भने, ‘विदेशी भूमिमा कमाएर नेपाली संगीतमा लगानी गर्नु नेपाल बसेजस्तै नै  हो ।’

राजनितिज्ञ गोविन्द गिरी, पत्रकार सुमन पण्डित, गायक तथा सर्जक विरही कार्कीले मन्तव्य राखेको कार्यक्रममा पत्रकार तथा गीत निर्माण टीमलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएकाे थियाे ।

कार्कीले लगत्तै अर्काे लाेक गीत पनि सार्वजनिक गर्ने जानकारी गराएका छन ।

प्रतिकृया दिनुहोस्