News Portal

लाेक प्रिय सर्जक कमल खनालकाे नयाँ गीत ‘बाकस’ सार्वजनिक

फरकपोस्ट संवाददाताभदाै १८ काठमाण्डाैं
१९७३ पटक
भदाै १८ काठमाण्डाैं

 

लाेकप्रिय गायक एवं सर्जक कमल खनालकाे शब्द संगीतमा नयाँ गीत ‘बाकस’ सार्वजनिक भएकाे छ । बाल गायक सुप्रिम मल्ल र पूजा देवकाेटले यस गीतलाई गाएका छन ।

गीतलाई मनाेज खड्काले एरेन्ज र मिक्सिङ्ग गरेका छन् ।  गीतले बाध्यतामा परेर परदेश लाग्नेहकाे कथा बाेलेकाे छ ।  गीत र म्युजिक भिडियाेले नेपाली समाजकाे वास्तविकता झल्काएकाे श्रव्य दृश्य सामाग्रीमा देख्न सकिन्छ ।

म्युजिक भिडियाेकाे निर्देशन सम्पादन मिराज अर्यालले गरेका हुन्  भने छायांकन विष्टले गरेका छन्। गीतमा सारिका केसी, कुलदिप अधिकारी, आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ति भट्टकाे अभिनय रहेकाे छ । म्युजिक भिडियाेमा बाल कलाकारका रुपमा उपेश ढकाल,मञ्‍जिला बानिया र अशाेक अर्यालले अभियनय प्रस्तुत गरेका छन् ।

गीतले प्रतिविम्वित गरेकाे कथा हामी नेपालीकाे वास्तविक र यथार्थ  संग एकदमै नजिक रहेकाे छ ।

 

प्रतिकृया दिनुहोस्