News Portal

बिबि अनुरागीकाे शब्द संगीतमा बिरे दाइ र मिना लामाकाे वनमा सिसाै छ

फरकपोस्ट संवाददाताभदाै २० काठमाण्डाैं
५२१ पटक
भदाै २० काठमाण्डाैं

माैलिक आवाज र ठेट गीत संगीका कारण चर्चामा रहेका गुल्मिका बिरे दाइकाे आवाजमा नयाँ गीत ‘वनमा सिसाै’ छ सार्वजनिक भएकाे छ ।

संगीतकार बिबि अनुरागीकाे शब्द संगीत रहेकाे यस गीतलाई बिरे दाइ र लाेकप्रिय गायिका मिना लामाले आवाज दिएका छन् । मायाप्रेमकाे विषयमा आधारित यस गीतलाई प्रेम जाेडीकाे माया प्रेम र गुनासाहरुलाई  जाेडेर तयार पारिएकाे  छ । गीतमा संगीत संयाेजन पनि बिबि अनुरागीकै रहेकाे छ भने मिक्सिङ्ग शुकुराम रसाइलीले गरेका हुन् । बिरे दाइकाे ढल्किदाे उमेरमा पनि देखिएकाे सांगीतिक जाेस र माैलिक आवाजले सबैकाे मन तानेकाे छ ।

विभिन्न प्रकारका नेपाली गीत संगीतलाई निरन्तर रुपमा प्रस्तुत गर्दै नेपाली गीत संगीतकाे उत्थान गर्ने तथा अवसरबाट बञ्‍चित संभावित प्रतिभाहरुलाई स्थान दिने याे अभियान अन्तरगत बिरे दाइकाे माैलिक प्रतिभालाई समेटेर याे गीत लिएकाे संगीतकार अनुरागीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्