नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले आफूलाई जबर्जस्ती गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् ।
मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षकी एक नाबालिगले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । उनले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको आरोप लगाएकी लगाउदै जाहेरी दिएकी हुन् ।
प्रहरीका एक उच्च अधिकारीको जानकारी अनुसार ती नाबालिगको मंगलबार नै मेडिकल जाँच पनि गरिएको छ ।
स्न्यापच्याटमार्फत् आफ्नो सन्दीपसँग चिनजान भएको र पछि इन्स्टाग्राममा पनि आफूहरु नजिक भएको ती किशोरीले आरोपमा उल्लेख गरेकी छिन् ।
५ भदौमा सन्दीपले आफूलाई झुक्याएर नगरकोट पुर्याएको र त्यहाँबाट काठमाडौं फर्किँदा निकै अबेर भएपछि सन्दीपले गौशालामा एक होटलमा लगेर आफूलाई जबर्जस्ती गरेको किशोरीले बताएकी छिन् ।
उनले सन्दीपसँग मिलेर आफूले पनि मद्यपान गरेको र आफूलाई लठ्याएर सन्दीपले जबर्जस्ती गरेको आरोप लगाएकी छिन् ।
आफूले यही कुरा साथीलाई सेयर गरेपछि साथीको सल्लाहमा आफूले उजुरी दिएको पनि ती किशोरीले बताएकी छिन् ।