News Portal

भारतविरूद्ध नेपालको सान्दार जित

फरकपोस्ट संवाददाताभदौ २४ काठमाडौं
६०६ पटक
भदौ २४ काठमाडौं

यू–१७ साफ च्याम्पियनपसिप फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। याे जितसँगै प्रतियाेगितामा अपराजित रहेकाे नेपाल समूह विजेता बनेको छ ।

समूहको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेकाे हाे ।

समूह ‘बी’ को शुक्रबारकाे खेलमा अग्रता भने भारतले २५ औं मिनेटमा डेनी मेइतेइको गोल मार्फत लिएको थियो। पहिलो हाफको अन्तिम समयमा सरोज दलार्मीले नेपालको लागि बराबरी गोल फर्कए ।

पहिलो हाफ एक–एकको बराबरीमा सकिएपछि दोस्रो हाफको चौथो मिनेटमा नै युनेश बुढाथोकीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यसपछि ६७ औं मिनेटमा सुवास बमले नेपालको लागि तेस्रो गोल गरे । बाँकी समयमा भारतकाे गाेल फर्काउने प्रयास सफल भएन र नेपालले सान्दार जित निकाल्याे ।

लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोड्दै नेपाल भारतलाई पछि पार्दै समूह विजेता बनेको छ । अब सेमिफाइनलमा नेपालको भेट आयोजक श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग हुनेछ ।

समूह ‘ए’ बाट लगातार दोस्रो खेल जित्दै सेमिफाइनलमा पुगेको बंगलादेशको भेट भारतसँग हुनेछ। श्रीलंका वा माल्दिभ्सबिच समूह चरणको अन्तिम खेल हुन बाँकी छ।

प्रतिकृया दिनुहोस्