News Portal

आफूमाथि भौतिक आक्रमणको प्रयास गर्ने थापा विरुद्ध गायिका अमृताले दिइन् निवेदन

फरकपोस्ट संवाददाताभदौ २९ काठमाडौं
६५१ पटक
भदौ २९ काठमाडौं

लोक गायिका अमृता श्रीपालले जापानमा संचालनमा रहेको धौलागिरी दोहोरी संचालक धन थापा विरुद्ध दोहोरी प्रतिष्ठान जापान शाखामा निवेदन दिएकी छन् ।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध श्रीपालले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै निवेदन दिएकी हुन् ।

गायिका श्रीपालले आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिकको कमिसन थापालाई  दिनुपर्ने, तर थापाले आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । संगै कार्यक्रममा पुगेका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आधारहीन आरोप समेत थापाले लगाएको श्रीपालले निवेदनमा उल्लेख गरेकी छन् ।

गायिका श्रीपालले निवेदनमा उल्लेख गरेकी छन्, ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिनसक्ने वातावरण मिलाइदिन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु ।

निज थापाले मलाई जापानमा र मेरो नेपाल म्याग्दीमा रहेको घर परिवार समेतलाई ज्यान मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याले मलाई अत्यन्तै दुखित बनाएको छ ।  उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’ उनले निवेदनमा उल्लेख गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्