News Portal

हेमन्त कान्छा रसाइलीकाे बेलायतमा एकल सारङ्गी साँझ भव्य

फरकपोस्ट संवाददाता
४२१ पटक

लाेकप्रिय सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा  भव्य तरिकाले सम्पन्न भएकाे छ । सारङ्गी संगै गायन र सृजनामा समेत अब्बल  रहेका केही महिना अगाडी सांगीतिक प्रस्तुतीका लागि बेलायत पुगेका थिए । सारङ्गी साँझकाे प्रमुख अतिथिमा  गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको रहेका थिए । कार्यक्रम बेलायतकाे अल्डरसटस्थित एम्पायर हलमा गरिएकाे हाे ।

मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको साेही सन्दर्भ पारेर सारङ्गी साँझको आयोजना गरिएको थियाे । हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा  सारङ्गीका बजाइसकेका छन भने ४ दर्जन भन्दा बढी गीतहरुमा स्वर, शब्द र संगीत सृजना र संगीत संयाेजन गरिसकेका छन्  । सारङ्गी साँझ कार्यक्रम अवलाेकन गर्न बेलायत स्थित नेपालीहरु ठूलो संख्यामा उपस्थित भएका थिए ।

काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछिु, बालापन, भाग्यमानी, थर बदल्नु पर्दैन, किन हाेला खै ? लगायतका दर्जनबढी हिट गीतहरुमा स्वर शब्द संगीत दिएर आफ्नाे परिचय स्थापित गरेका रसाइली नेपाली गीत संगीतमा बहुप्रतिभाशाली कलाकारका रुपमा परिचित छन् । व्यक्ति एक प्रतिभा अनेक रहेका रसाइलीले परदेशी भूमिमा पुगेर नेपालकाे माैलिक लाेक बाजा सारङ्गीलाई सुनाउन पाउँदा निकै नै उत्साहित भएकाे हामीलाई बताए ।

सारङ्गी साँझमा कार्यक्रममा रसाइलीलाई गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए । त्यस्तै वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए । करिव ३/४ महिनाकाे सांगीतिक भ्रमण सकेर रसाइली केही दिनमै नेपाल फर्कने तयारीमा समेत रहेकाे फरकपाेष्टलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्