News Portal

हुम्लामा भेटियो जङ्गली याक, हेर्नुहोस् तस्वीर

फरकपोस्ट संवाददाताअसाेज ४ काठमाण्डाैं
१७६४ पटक
असाेज ४ काठमाण्डाैं

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन् । लिमी भ्याली नेपाल-तिब्बतको सीमा क्षेत्र हो, जुन निकै विकट छ ।

यस्तै याकको तस्वीर सन् २०१४ मा नरेश कुसीको टिमले खिचेको थियो, जुन फोटोलाई पछि पाँच रुपैयाँको नोटमा अङ्कित गरिएको थियो । त्यसयता जङ्गली याकलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर कसैले पाएको थिएन । ८ वर्षपछि वाइल्डलाइफ फोटोग्राफर शेर्पा जङ्गली याकको तस्वीर खिच्न सफल भएका हुन् । सम्भवतः नेपालमा भेटिएकाे वाइल्ड याककाे उत्कृष्ट तस्वीर यही नै हाे ।

अति दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत पुगेका शेर्पाले आफ्नो यात्रा सफल भएको बताए । ‘मेरो भाग्य भन्नुपर्छ, जङ्गली याकजस्तो अति दुर्लभ जनावरलाई फोटोमा कैद गर्न मैले धेरै कुर्नु परेन’, उनले भने ।

लद्दाख र तिब्बतका केही क्षेत्रमा न्यून संख्यामा पाइने जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अति संवेदनशील सूचीमा राखेको छ । विभिन्न अध्ययन प्रतिवेदनले नेपालबाट जंगली याक लोप भइसकेको देखाएका छन् ।
यसअघि शेर्पाले ‘घोस्ट अफ हिमालय’ भनेर चिनिने अति दुर्लभ हिउँ चितुवाको तस्वीर खिचेका थिए ।

प्रतिकृया दिनुहोस्