News Portal

रापती म्युजिक अवार्ड : उत्साह घिमिरेलाई ‘बेस्ट’ म्युजिक भिडियो मोडल अवार्ड

फरकपोस्ट संवाददाता
५८५ पटक

आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” मा ‘बेस्ट’ म्युजिक भिडियो मोडलको अवार्ड उत्साह घिमिरेले हात पारेकी छिन् । राजशान्ति सुनारको रचना, वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीत र लोकप्रिय गायिका स्वरुपा रसाइलीको आवाजमा रहेको गीत ‘जसलाई मैले’ बाट उनले अवार्ड थापेकी हुन् ।

राप्ती समाज काठमाडौंको आयोजनामा सम्पन्न म्युजिक अवार्ड कार्यक्रमा प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीको रहनु भएको थियोे ।

मोडल उत्साह घिमिरे केही वर्षयता नेपाली म्युजिक भिडियोमा निकै सक्रिय रहदै आएकी छिन् ।

उनका मामा वरिष्ठ संगीतकार बिबि अनुरागीको छत्रछायामा हुर्किएकी घिमिरे पारिवारिक माहोल सांगीतिक नै भएकाले सानै उमेर देखि कलाकारिता संग एकदमै नजिक हुने अवसर प्राप्त गरेकी थिइन् ।

मामा बिबि अनुरागी, सानिमा स्वरुपा रसाइलीको प्रेरणा र मार्गदर्शनका कारण उत्साह घिमिरेले कलिलै उमेर देखि नै बाल कलाकारका रुपमा काम गर्दै आएकी मोडल हुन् ।

नेपाली संगीत जगतका चर्चित गायक/गायिकाको आवाजमा उनलेे आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् भने चलेका हिरो संग समेत उनले म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । दुई दर्जनभन्दा बढी नेपाली गीत संगीतको म्युजिक भिडियो मार्फत आफूलाई प्रस्तुत गरिसकेकी मोडल घिमिरेले यसअघि पनि विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरिसकेकी छिन् । अवार्ड हात पारेपछि हामी संग प्रतिक्रिया दिदै उनले भनिन् मेहनको फल प्राप्त हुदा साच्चिकै मन  खुसी भएको अनुभव सुनाइन् । साथै यो अवार्डले आफूलाई  कामप्रति थप मेहनत र लगनशीलताका साथ लाग्ने उर्जा मिलेको बताइन् । 

प्रतिकृया दिनुहोस्