News Portal

नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशन असाेज २५ मा हुने

असाेज १ मा गर्ने भनिएकाे  पार्टीकाे महाधिवेशन सारेर असाेज २५ मा लगिएकाे प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन्

फरकपोस्ट संवाददाताअसाेज ७ काठमाण्डाैं
६२० पटक
असाेज ७ काठमाण्डाैं

विप्लव नेतृत्वकाे  नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशनकाे मिति सरेकाे छ ।

नेकपाकाे बुधबार सम्पन्न सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने निर्णय गरिएकाे पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन् ।

समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब २५ असोज देखी ३१ सम्म हुने प्रवक्ता प्रकाण्डले जानकारी दिए  । यसभन्दा अगाडी नेकपाले १ असाेजमा  पार्टीकाे महाधिवेशन गर्ने मिति तय गरेकाे थियाे ।

नेकपाकाे ९औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने पनि बताए । प्रवक्ता प्रकाण्डले महाधिवेशनको सम्पूर्ण तयारी अन्तीम चरणमा रहेको बताउदै बाँकी तयारीमा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन पनि गरिएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस्