News Portal

रवीन्द्र मिश्र राप्रपा प्रवेश : लिङ्देनपछिको वरीयता

फरकपोस्ट संवाददाताअसाेज १२ काठमाण्डाैं
१३०२ पटक
असाेज १२ काठमाण्डाैं

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए ।  मिश्र यसअघि नै राप्रपा प्रवेश गर्ने चर्चा चलेको थियो ।

 

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश  गरेका हुन् ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाण्डाै क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाकाे तयारीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्