
दुवै मृगौला फेल भएर पीडित बनेका चिपुरी गाइन भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ कि चिपुरी गाईन यतिबेला जीवन मरणकाे दोसाँधमा बाँचिरहेकी छन् ।
उपचारपछि निकाे हुने अवस्था रहेतापनि आर्थिक अवस्था अत्यन्तै कमजाेर भएकाले सुकुम्बासी चिपुरी अहिलेसम्म सामान्य उपचारकाे भरमा कष्टकर दिन बिताइरहेकी छिन् । अलिअलि भएकाे पैसा पनि सामान्य उपचारमै सकिएपछि उनले आफ्नाे जीवन रक्षाकाे निम्ति सबै संग सहयोग गरिदिन अपिल गरेकी हुन् ।
दुबै मृगाैला गुमेर आर्थिक अभावका कारण छट्पटाइरहेकी चिपुरीलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
५५ वर्षीय चिपुरीका श्रीमान नभएको र साथमा नाबालक छोरा भएकाले उनी बेसहारा बनेकी छिन् । मृगौला प्रत्यारोपण गर्न ५ देखि ६ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । मृगौला दिने आफन्त भएपनि प्रत्यारोपणका निम्ति लाग्ने खर्च नहुदा उनको उपचार रोकिएको छ ।
चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडा आजभन्दा भाेली झन् झन् बल्झिरहेकाे छ ।
दाङकाे लमहीको रातो डाँडामा रहेको गाैतम बुद्ध डायलिसिस हस्पिटलमा नियमित डायलिसिस तथा उपचार जेनतेन गरिरहेकी चिपुरीकाे आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या परेकाे हो । सुकुम्बासी समेत रहेकी चिपुरी दुबै मृगौला फेल भएपछि अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेकी छन् ।
परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।
सहयोग गर्न चाहानुहुने सहयोगी महानुभावले निज चिपुरी गाइनको नाममा रहेको नेपाल बैंकको निम्न खाता नम्बरमा गर्न सक्नुहुनेछ । सेवा नै धर्म हो !
नाम : चिपुरी गायन
खाता नेपाल बैंक : १८३१०२०७५६७०४०००००१
Name : chipuri gayan
a/c no. 1831020756704000001 Nepal bank
चिपुरीको उपचार सहजताका साथै सहयोगका निम्ति स्वर्गद्वारी नगरपालिकाले गरेको अपिल ।