News Portal

विप्लव महासचिवमा पुनः निर्वाचित

फरकपोस्ट संवाददाताअसोज २ गते कपिलवस्तु
१२६७ पटक
असोज २ गते कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई निर्वाचित गरेको छ ।साथै महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ ।

जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने बताइएको छ ।

महाधिवेशनले ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ ।

पूर्ण केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।

महाधिवेशनको औपचारिक रूपमा बन्दसत्रको समापन बुधवार बिहान ८ बजेबाट हुने नेकपाले जनाएको छ ।

बन्दसत्रमा देशभरका जिल्ला, विभाग, मोर्चा, मञ्च, स्वयम्सेवक, कलाकार, प्रवास, विदेश विभाग लगायतका क्षेत्रबाट गरी करिब ७ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकहरु रहेका छन् । असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज कात्तिक २ गते सकिदैछ

प्रतिकृया दिनुहोस्