News Portal

विष्णु खत्री, सुनिता बुढा र सारिका केसीकाे ‘गल्काेटमा बग्याे दरम’

फरकपोस्ट संवाददातामंसिर २६ काठमाण्डाैं
१२२० पटक
मंसिर २६ काठमाण्डाैं

लाेकप्रिय गायक एवं सर्जक विष्णु खत्री र पछिल्लाे पुस्ताकी प्रिय गायिका सुनिता बुढाकाे आवाजमा कारुणिक पञ्चेबाजा गीत ‘गल्काेटमा बग्याे दरम‘ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत विष्णु खत्रीले नै सृजना गरेका हुन । कृष्ण केसीकाे संगीत संयाेजन, श्यामश्‍वेत रसाइलीकाे मिक्सिङ्ग मास्टरिङमा तयार भएकाे अडियाेकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे भने गीतकाे रेकर्ड कमल थापा र गाेविन्द अनेकले गरेका हुन् ।

गीतले संगै जिउने बेलामा छुट्नु परेकाे प्रेम जाेडीकाे कथालाई बलियाे रुपमा बाेकेकाे छ । गल्काेटमा रहेकाे  स्थानीय दरम खाेलालाई गीतकाे थेगाेमा प्रयाेग गरिएकाे छ । ‘गल्काेटमा बग्याे दरम संगै जिउने बेलामा छुट्टिने रैछ करम’ थेगाेले यस्ताे भाव बाेलेकाे छ । सर्जकले गीतमा भावुकता र मर्मस्पर्शीता बढी झल्काउने प्रयत्न गरेका छन् ।

म्युजिक भिडियाेमा विष्णु खत्री चर्चित माेडल सारिका केसी लगायतका कलाकारहरुकाे जीवन्त अभिनय प्रस्तुत गरिएकाे छ । पर्यटकीय स्थल गलकाेटकाे विभिन्न रमणीय स्थलहरुमा गीतकाे छायांकन गरिएकाे छ । विनाेद भण्डारीकाे निर्देशन, राजेश घिमिरेकाे छायांकन र मनाेज कार्कीकाे सम्पादनमा म्युजिक भिडियाे तयार भएकाे हाे ।  वर्षाै पहिले रेकर्ड गरेर बजारमा लिएकाे याे गीत उबेला दर्शक श्राेताले निकै रुचाएका थिए । उसबेला दाेहाेरी मात्र रहेकाे यस गीतलाई अहिले गायक खत्रीले परिमार्जित शब्द नयाँ संगीत संयाेजन गरेर पञ्चेबाजा बनाएर लिएका हुन् । गीतमा पहिले गायक खत्रीलाई लक्ष्मी न्याैपानेले साथ दिएकी थिइन् भने अहिले सुनिता बुढाले दिएका छन्

गीत सार्वजनिक भएपछि दर्शक श्राेताकाे सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन । कतिपयले पुरानाे गीतलाई नयाँ प्रविधिकाे प्रयाेग गरेर  सृजनालाई नयाँ जीवन दिएकाेमा सर्जक खत्रीलाई धन्यवाद समेत लेखेका छन् । गीतले सबैखाले दर्शक श्राेताकाे मन पहिले जस्तै जिताेस् हाम्राे शुभकामना ।

प्रतिकृया दिनुहोस्