News Portal

संसदीय व्यवस्था असफल सावित भइसक्यो : विप्लव

फरकपोस्ट संवाददातामंसिर २३ काठमाडौं
१०४२ पटक
मंसिर २३ काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । कपिलवस्तुमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताए ।

‘देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको छ । यो संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर छैन । संकटग्रस्त र असफल साबित भयो । नेपालमा जनताले चाहेको परिवर्तनको पक्षमा नयाँ बहस गरौं उनले भने ।’

मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको उनको भनाइ थियो । उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि आरोप लगाए । ‘यो निर्वाचनले के प्रमाणित गरेको छ भने नेपाली जनतामा ठूलो उकुसमुकुस उथलपुथल छ, जनताले एउटा रुपान्तरण, परिवर्तन, स्वाधिनता, शान्ति, समृद्धि चाहेका छन् । तर नेपालका संसदवादी दलहरु त्यसको नेतृत्व गर्न सक्षम देखिँदैनन् भन्ने सन्देश जनताले दिएका छन् ।’

महासचिव विप्लवले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए । उनले संघीयता आवश्यक हो भने त्यसको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको धारणा राखे ।

प्रतिकृया दिनुहोस्