News Portal

कतार विश्वकप : सेमिफाइनलका खेल मंगलबार र बुधबार हुने

फरकपोस्ट संवाददातामंसिर २५ काठमाडौं
५४३ पटक
मंसिर २५ काठमाडौं

कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् ।

कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मंगलबार राति हुनेछ ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

यस्तै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बुधबार राति हुनेछ ।

फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

प्रतिकृया दिनुहोस्