News Portal

जाजरकोट जीप दुर्घटनामा परि ८ जनाको मृत्यु

फरकपोस्ट संवाददातामंसिर २६ काठमाडौं
४०३ पटक
मंसिर २६ काठमाडौं

जाजरकोटमा भएको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा बिरामी लिएर जाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्दारमा खटिएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्