News Portal

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने मेस्सीको घोषणा

फरकपोस्ट संवाददातापुस ४ काठमाडौं
४३० पटक
पुस ४ काठमाडौं

अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । फिफा विश्वकप२०२२ को उपाधि जितेपछि उनको प्रतिक्रिया आएको हो ।

आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मेहनत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु ।’ उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले भने–‘ म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’

मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर शानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।

फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ कीर्तिमान कायम गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् 

प्रतिकृया दिनुहोस्