News Portal

बसन्त विश्वकर्मा र शान्ति श्री परियारको आवाजमा ‘साईली’

फरकपोस्ट संवाददातापुस १४ काठमाडौं
३४३ पटक
पुस १४ काठमाडौं

पछिल्लो समय एकपछि अर्को सफल गीत दर्शक श्रोता समक्ष पस्किदै आएका लोकप्रिय गायक  बसन्त विश्वकर्माको फेरि नयाँ लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक भएको छ ।

गीतमा गायक बसन्तलाई लोकप्रिय गायिका शान्ति श्री परियारले आवाजमा साथ दिएकी छिन् ।

गीतमा शब्द,संगीत गायक बसन्तले नै सृजना गरेका छन् । कृष्ण भान्जाको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ्गमा रहेको यस गीतको रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो भने रेकर्डिङ कमल थापा र गोविन्द अनेकले गरेका हुन् ।

म्युजिक भिडियोमा बसन्त संगै सनिसा भट्टराई, हिमांशु थापा लगायतको कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ ।

निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।

मौलिक शब्द र संगीतले ओतप्रोत रहेको यस गीतमा सर्जकले माया प्रेमको भाव झल्काएका छन् । म्युजिक भिडियोको दृश्यले समाज परिवर्तन र रुपान्तरणको विषयलाई बोकेको छ । गीतले सबैको मन जितोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्