News Portal

इतिहास रच्न सफल प्रधानमन्त्री प्रचण्ड : २६८ सांसदको समर्थन

फरकपोस्ट संवाददातापुस २६ काठमाडौं
३०३ पटक
पुस २६ काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन । केहीबेर अघि भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका हुन ।

आजको बैठकमा २७० सांसद उपस्थित रहेकोमा सत्ता गठबन्धनका सात दलसहित काँग्रेस, जसपा, लोसपाले पनि विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने विश्वासको मत दिएनन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मतदान गरेका हुन् ।

मतदानमा सांसदहरू मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत र पशुपतिशमशेर जबराले भाग नलिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका थिए । यसअघि कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्