News Portal

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट तीनजनाको जीवितै उद्धार

फरकपोस्ट संवाददातामाघ १ पोखरा
२६१ पटक
माघ १ पोखरा

काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले भने, “उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।”

जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उनले बताए । हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ ।
आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिकृया दिनुहोस्