News Portal

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन, कोलकाता फर्कियो

फरकपोस्ट संवाददातामाघ ६ काठमाडौं
२२३५ पटक
माघ ६ काठमाडौं

मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।
आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी भएको छ ।

प्रतिकृया दिनुहोस्