News Portal

सुर्खेतमा गाडी दुर्घटना हुदा : चारको मृत्यु, एक घाइते

फरकपोस्ट संवाददातामाघ ८ काठमाण्डाैं
८९० पटक
माघ ८ काठमाण्डाैं

सुर्खेतमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । साथै दुर्घटनामा एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो । चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । गाडी सडकबाट ७०–८० मिटर तल खसेको छ । गाडीमा पाँचजना सवार थिए । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्