News Portal

राप्ती गाउँपालिकामा अवैध काठसहित चार जना पक्राउ

सेरश रोका मगर माघ, ८ घोराही
१२२ पटक
माघ, ८ घोराही

दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध सालको काठसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं।९ बस्ने कुल्लु मियाका छोरा २२ वर्षीय सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर बरालका २६ वर्षीय छोरा जुद्ब बहादुर बराल, लाल फुन्जा मगरका छोरा ४४ वर्षीय तिलबहादुर फुन्जा मगर, जिवलाल रोकाका छोरा ३६ वर्षीय टोपबहादुर रोका रहेका छन् ।

हिजो दिउँसो करिव १२ बजेको समयमा राप्ती गाउँपालिका वडा नंम्वर ९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने बिषेश सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरिक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट २९।७६ क्यूफिटको ११ थान चिरान सालको काठ, र ७०।८९ क्यूफिटको २ थान गोलिया काठ गरि कुल १ लाख बराबरको १००।६५ क्यूफिट काठ बरामद गरेको छ ।

उक्त काठसहित काठको बिड भएको बन्चरो २ थान, फलामको गल २ थान हाते आरा २ थान बरामद गरि डिभिजन वन कार्यालय दाङ देउखुरी लाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।।

प्रतिकृया दिनुहोस्