News Portal

भारतीय पर्यटक भित्रिने नाका कोइलावास

सुरेश रोका मगर माघ, ९ घोराही
१३६ पटक
माघ, ९ घोराही

कुनै समय व्यापारिक केन्द्र बनेको कोइलावासले अब भने पर्यटकीय नाकाको रुपमा परिचय बनाउन थालेको छ । अन्तरदेशीय व्यापारमा खासै प्रयोगमा आउन नसकेको कोइलावास भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा भने स्थापित हुन थालेको छ ।

यति मात्र होइन, कोइलावास आफैमा पर्यटकीय नयाँ गन्तब्य पनि बन्न थालेका संकेतहरु देखिन थालेका छन् । बितेको तीन वर्ष र चालु आर्थिक वर्षको तथ्यांकलाई विश्लेषण गर्ने हो भने कोइलावास नाका भारतीय पर्यटक नेपाल भित्रिने सजिलो नाका बन्दै गएको देखिन्छ ।

कोइलावास भन्सार कार्यालयमा संकलन हुने राजश्व भारतीय पर्यटक चढ्ने सवारी साधनका कारण बढ्दै गएको छ । कुनै बेला न्यूनतम लक्ष्यसमेत भेट्न नसक्ने कोइलावास भन्सार कार्यालयले पछिल्ला बर्ष लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गर्न थालेको छ ।

राजश्वको स्रोत भनेकै अस्थायी पैठारी अर्थात भारतीय पर्यटक नेपाल आउँदा ल्याउने जीप, कार र मोटरसाइकल हुन् । चालु आर्थिक वर्षमा कोइलावास भन्सार कार्यालयले २१ लाख ३९ हजार राजश्व संकलनको लक्ष्य राखेको छ । ६ महिनाको अवधिमा त्यो लक्ष्य पूरा भइसकेको छ ।।

प्रतिकृया दिनुहोस्